देश

राष्ट्रपतिद्वारा परराष्ट्रमन्त्री खड्काले गरे शपथ ग्रहण

जगत ठाडा मगर
२०७८ अशोज ६ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु