देश

असोज १८ गते देखि गैडाकोटमा खुल्ला 7A साईड पुरुष फुटबल प्रतियोगिता हुने

जगत ठाडा मगर
२०७८ अशोज ६ | मध्यान्ह ०२:०६ बजे

झबिन्द्र मगर
गैडाकोट । नवलपुरको गैडाकोटमा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने उद्देश्यका साथ खुल्ला नकआउट 7A side पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । “न्यु गैडाकोट वर्कशप” द्वारा आयोजना गरिएको उक्त प्रतियोगिता यहि असोज १८ गते देखि शुरु हुन लागिएको हो ।

कोभिड-१९ महामारीका कारण खेलकुद गतिविधि ठप्प रहेको अवस्थापछि खेलाडीहरुलाई खेलकुद गतिविधीमा सक्रिया गराउन प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले नवलपुर टुडेलाई जानकारी गराएको छ ।

गैडाकोटको क्षेत्रिया रंङगाशाला गैडाकोट ३,४ र ८ मा सञ्चालन हुने उक्त प्रतियोगिताको प्रथम हुने टोलीले नगद रु ४०,००० शिल, मेडल द्धितिय हुनेले नगद रु २०,००० शिल, मेडल अन्य बिधा तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई आकर्षक उपहार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याज प्रदान गरिने प्रतियोगिताको संयोजक झलक बहादुर राना मगरले बताउनु भएको छ ।

कमेन्टहरु