देश

किराँतीहरुको मुन्दुमी संस्कारअनुसार, पुज्दा गोरुको मासु चढाउथे

नवलपुर टुडे
२०७८ अशोज ६ | बिहान ११:०६ बजे

काठमाडौ । यहि नेपाल देशका रैथाने भुमिपुत्र किराँतीहरुले आफनो मुन्दुमी संस्कृतीअनुसार उधौली-उभौली/साकेला पुज्दा/पितृ ३ चुला सुप्तुलुंग पुज्दा गाई-गोरुको मासु चढाउने गर्दथे । नेपालको सबैभन्दा प्राचीन पुष्ट ईतिहास नै किराँतकाल हो।

किराँतीहरुको पहिलो राजा यलम्बर हाङ देखी राजा गस्ती सम्म ३२ पुस्तासम्म यलाखोम भनेर चिनिने हालको काठमाण्डौ उपत्यकामा एकछत्र राज गरेको ईतिहास साक्षी छ । किराँत सभ्यता प्राचीनकाल देखी नै किराँतीहरुले आफनो मुन्दुममा आधारीत रहेर मौलिक संस्कार संस्कृती मान्दै आईरहेका छन।

किराँतीहरुले प्रकृती(Nature) पुज्दछन/आफनो पितृ (Ancestors)लाई पुज्दछन/किराँतीहरुले पैतृक अदृश्य शक्ती(Shamanism-Animinasm)पैतृक शक्ती र अदृश्य मुन्दुमी संसारमा विश्वास राख्दछन।जसलाई Science विज्ञानमा आधारीत Quantum physics को भाषामा (सर्वव्यापी शक्ती) भन्न सकिन्छ भन्ने धारणा हो।

किराँतीहरुले जन्म देखी मृत्युसम्म आफनो मुन्दुम अनुसार संस्कार संस्कृती गर्दछन,भने मुलत आफनो पुर्खा Ancestors सुम्निमा पारुहांग लाई मान्दछन।किराँतीहरुले उधौली -उभौली गर्दा साकेला पुज्दा होस या आफनो पितृ पुज्दा पित्मासा/फोपिसा/बोयोङ्सा/दिबुंग्सा/हाड्डिसा(गाई-गोरुको मासु)चढाउने संस्कृती रहेको पाईन्छ।किरातीहरुले पितृ ३ चुला (सुप्तुलुंग)लाई आफनो पितृहरुको बिम्बको रुपमा मानि पुज्दछन, सुप्तुलुंग ३ चुला(पापालुंङ/मामालुङ/रुमीलुंङ)आफनो पुर्खाहरुको प्रतिबिम्बित मानी पुज्दछन,किराँतीहरुले पितृ सुप्तुलुंग पुज्दा(पिसा/पित्मासा/बोयोङ्सा/दिबुङ्सा/लाङ्सा =गाई-गोरुको मासु)/(खुसासा=मृगको मासु)/(ङाछा=माछा)ङाक्सिको पात वा भर्लाको पात, वाबुकहरु, फेङ्कुवा, पोप्खैमा, लेम्खैमा, आरावा, बेछुक, पपलादाम, याखैमादाम, उम्माक, हेङ्मावा, साम्पिचा बोप्खा, साम्खा, कोक, वा(वापा-वामा)चिबुंङ-चालिम, बेछुक र वाबुक लगायतका विभिन्न मुन्दुमी विम्बित चीज वस्तुहरु चलाएर गर्दछन।

जब देखी किराँतीहरुलाई क्रमश हिन्दु आर्य लिच्छबी/मल्ल/शाहहरुको आक्रमण गरेर भौगोलिक अतिक्रमण गर्दै गयो,तबदेखी सांस्कृतीक भाषिक धार्मिक अतिक्रमण सुरु गर्दै गयो । पृथ्वी नारायण शाहको वि.सं १८२५ देखी विं सं १८३१ सम्मको भौगोलिक एकिकरण गोर्खा राज्य विस्तारले अझ किराँतीहरुको भाषा संस्कार संस्कृती ईतिहास र अस्तित्व धरापमा पारीदियो । किराँतीहरुले साकेला पुज्दा/पितृ पुज्दा गाई-गोरुको टाऊको चढाऊने,पिसा/पित्मासा/बोयोङ्सा/दिबुङ्सा/हाडिसा/लाङसा चढाऊने संस्कारलाई वि.सं १९१०मा हिन्दु मनुस्मृतीमा आधारीत राणाकालिन मुलुकी ऐन लादिए पश्चात किराँतीहरुलाई गाई गोरु काट्न प्रतिबन्ध लगाईयो।

हिन्दु मनुस्मृतीमा राणाकालिन मुलुकि ऐन पश्चात गाई-गोरु नकाट्न दिईएको उर्दी,बन्देज लगाईए पश्चात पनि किरातीहरुले (मेकचेन)अर्थात गाईगोरु काटे बापतको Extra Tax तिरेर पनि साकेला पुज्दा साकेला थानमा गाई/गोरुको टाऊको चढाएर साकेला मनाऊने गर्दथिए।तर, पुन्ह वि.सं २००८ साल मा सामन्ती हिन्दु राजा त्रिभुवनले लागु गरेको अन्तरीम संविधानले किराँतीहरुले गाई-गोरु काटे बापत कर/Tax तिर्ने नियम हटाईदिए,र पुर्ण रुपमा किराँतीहरुलाई साकेला पुज्दा गाईगोरु काट्न प्रतिबन्ध लगायो।

हिन्दु मनुस्मृतीमा आधारीत वि.सं १९१० को राणाकालिन मुलुकी ऐन लाई पुन्ह राजा महेन्द्र शाहले वि.सं २०२० मा नयाँ महेन्द्रकालिन नेपाल हिन्दु राज्य जस्ता हिन्दु मुलुकी ऐन लागु गरीयो जसले किराँतीहरुलाई पुर्ण रुपमा मुन्दुमी संस्कृती अनुसार साकेला पुज्दा/पितृ पुज्दा गाई/गोरु काट्न बन्देज गरीयो,अझ जेलनेल र कडा सजायहरु तोकिए पश्चात किराँतीहरुले आफनो मुन्दुमी संस्कृती अनुसार गाई गोरु काट्ने चलन त्याग्न बाध्य बनाऊदै लगियो।ततपश्चात पितृ पुजिदा समेत चढाईने (पिसा/पित्मासा/बोयोङसा/दिबुंग्सा/हाड्डिसा/लाङ्सा)को साटो भालेको शिउर लाई ९ सिंगे मानेर भाले चढाउने,राँगाको मासु चढाऊने तर मुन्दुम फलाक्दा गाई/गोरुकै मासु(पित्मासा) नै चढायौ है भनेर(आफनो कुल पितृलाई समेत ढाँटेर)कुखुरा भाले चढाऊने प्रचलन सुरु गरीयो तसर्थ किराँतीहरुले पितृ पुज्दा पिसा/पित्मासा/बोयोङ्सा/दिबुंग्सा/हाड्डिसा/लाङसा चढाउने संस्कृती रहेको कारण र राणाकालिन मुलुकि ऐन वि.सं १९१० अघि सम्म साकेला पुज्दा गोरुको टाउको चढाऊने,र मुलुकी ऐन १९१० पछि पनि कर Extra Tax तिरेर पनि किराँतीहरुले साकेला पुज्दा गाई-गोरुको टाऊको काटेर चढाऊने गरेको,पुन्ह वि.सं २००८ सालको राजा त्रिभुवनले लागु गरेको अन्तरीम संविधान पछि किराँतीहरुलाई गाई-गोरु काटे बापत कर तिर्ने नियम हटाए पश्चात किराँतीहरुलाई आफनो मुन्दुममा आधारीत मौलिक मुन्दुमी संस्कृती अनुसार गाई-गोरु काट्न राज्य बाट नै बन्देज गराईएको हो ।

लेखक : मुलघरे कान्छा बुबु ????????????

कमेन्टहरु