देश

प्रधानमन्त्रीले गरे खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त

नवलपुर टुडे
२०७८ अशोज ६ | बिहान ११:०६ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन्। देउवाले बुधबार बिहान खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो। अन्य मन्त्रालयको भागबण्डाका बारेमा छलफल भएपनि सत्ता गठबन्धन टुंगोमा पुग्न सकेन। परराष्ट्रमन्त्रीविहिन अवस्थामा रहँदा अन्तर्राष्ट्रिय स्तरमा मुलकको छबिमाथि नै प्रश्न उठन थालेपछि सत्ता गठबन्धन दलले अन्य मन्त्रालयलाई बाँकी राखेर परराष्ट्रमन्त्रीको टुंगो लगाएको हो।

परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेको झण्डै दुई महिनापछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

कमेन्टहरु