देश

आमाको माया संस्थाले छात्रावासलाई सहयोग

नवलपुर टुडे
२०७८ अशोज ६ | बिहान ११:०६ बजे

कैलाली । ४२औं सामाजिक सेवा दिवसको अवसर पारेर धनगढीमा रहेको आमाको माया छात्रावासमा सहयोग गरिएको छ। समाज कल्याण परिषद, गैरसरकारी संस्था महासंघ तथा एआइएनले संयुक्त रुपमा आमाको माया छात्रावासमा रहेका आश्रितहरुका लागि विहानको खाना, स्वास्थ्य सामग्री, कपडा तथा नगद दश हजार सहयोग गरेका हो।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठकले सहयोग हस्तान्तरण गर्दै सामाजिक सेवा दिवसको अवसर पारेर सानो सहयोग गर्न खोजिएको बताए। उनले हरेक वर्ष गैरसरकारी संस्था महासंघले सक्दो सहयोग गर्दै आएको बताए।

परम्परामा दान गर्नु, सहयोग गर्नुको ठूलो महत्व रहेकोले जन्मदिवस, वैवाहिक उत्सव लगायतका अवसरमा आमाको माया छात्रावासजस्ता संस्थालाई सकेको सहयोग गर्नुपर्नेमा उनले जोड दिए। सहयोग हस्तान्तरण कार्यक्रममा गैरसरकारी संस्था महासंघका सुदूरपश्चिम प्रदेश इन्चार्ज भवराज रेग्मी तथा प्रदेश अध्यक्ष देवी खनालको उपस्थिति रहेको थियो।

कमेन्टहरु