(मुलबासी किराँत) किराँत सभ्यताको विकासको क्रममा पुर्खाहरुले भोगेको भोगाई अनुभव


दोलखा । साकेला–शिलीहरु सिर्फ नाच मात्र होइन, साकेला–शिलीहरु मुन्दुमी नछुङहरुले पुज्ने साकेला पूजासँग, मुन्दुमी संस्कृतिसँग र मुख्यतः किराँत सभ्यताको विकासको क्रममा पुर्खाहरुले भोगेको भोगाई अनुभव, ज्ञान, सीप, श्रमसँग र श्रमसौन्दर्ययुक्त क्रियाकलापहरु सँग सम्बन्धित नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किराँत सभ्यता हो। यो संसारको सबैभन्दा प्राचीन सभ्यतामध्ये एक विशाल किराँत सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो । आदिम प्रागैतिहासिक काल अघिदेखि नै प्राचीन नेपालवरपरको क्षेत्रमा किराँतीहरुले विचरण भूमि बनाएका थिए
किराँतीहरुको मुन्दुम अनुसार तयामा, खियामा र हेत्छाकुप्पाले यही नेपालको भूमि हाल खोटाङको तुवाचुङमा जंगलीयुग, शिकारीयुग पार गर्दै कृषियुगको शुभारम्भ गरेको वर्णन पाइन्छ । नेपालको पहिलो राजा यलम्बर हाङको इतिहासबाट र किराँत सभ्यताबाट नै नेपालको इतिहासको सुरुआत हुने गर्दछ । नेपाल राष्ट्र त्यति नै प्राचीन राष्ट्र हो जति किराँत सभ्यता प्राचीन छ ।
किराँत सभ्यताको किराँतीहरुले प्राचीन किराँतकालमा अपनाएको धर्म संस्कार संस्कृतिबाट नै नेपालको सभ्यता धर्म संस्कृतिको सुरुआत भएको हो । तसर्थ, नेपालमा किराँतीहरुले मनाउने धर्म संस्कृति र उधौली-उभौली साकेला जस्ता चाडहरु किराँतको मात्र होइन सिंगो नेपाल राष्ट्र र नेपालीहरुकै मौलिक संस्कृति र चाडहरु हुन् । किराँतीहरुले मनाउने उधौली, उभौली, साकेला जस्ता चाडहरु नेपालको प्राचीन मौलिक राष्ट्रिय चाडहरु नै हुन् ।
नेपालको सबैभन्दा प्राचीन किराँत सभ्यताको मानिसहरुले मुख्यतः दुईवटा किराँत ऋतुहरु उभौली (दोङवाङा-धिरीनाम) वैशाखे पूर्णे र उधौली (दोङ्दावा-छिरीनाम) मंसिरे पूर्णेलाई आधार मानेर किराँत सभ्यताको विकासको क्रममा प्राचीनकालदेखि मनाउँदै आएको आफ्नो मुन्दुमी सांस्कृतिक चाडलाई भाषागत, भौगौलिक रुपमा विभिन्न नाम दिएर (किराँत राईले साकेला, साकेन्वा, साक्खेवा/तोसी/साकेल, किराँत लिम्बूले यक्वा तङ्नाम, किराँत सुनुवारले फोल स्यादर,किराँत याक्खाले चासुवा, किराँत थामीले भुमेपूजा) लगायतको पूजा आराधना अनुष्ठान गर्ने गरिन्छ ।
किराँतीहरुले उभौली-उधौलीलाई जे-जे नाम दिएर मनाएपनि सारमा प्रकृतिसँगको सामिप्यता र आध्यामिक सर्वशक्तिमान आराध्यदेव, भूमिदेवको प्रतिबिम्बको रुपमा नै साकेला पुजेको देखिन्छ। किराँतीहरुको मुन्दुम दर्शनअनुसार किराँती समाज (Naturalism–प्रकृतिवाद) र (Animism–आत्मवाद)मा विश्वास राख्दछन् ।
त्यसैले किराँतीहरु प्रकृतिको पूजा र प्रकृतिमा रहेका सम्पूर्ण कुरामा आत्मा रहेको छ भन्ने मानेर त्यसको पूजा गर्दछन् । किराँती समाज (Shamanism: नछुङवाद, माङपावाद) धामी-विजुवावादमा आधारित छ । यस साकेला, साक्खेवाको पूजा नछुङहरुले मुन्दुमी विधिबाट गर्दछन् र साकेला पूजासँग सम्बन्धित किराँत सभ्यता विकासको क्रममा प्रकृति, वन-जंगल, पशुपंक्षीसँगको किराँती पुर्खाहरुको अन्तरसम्बन्ध र जंगलीयुग, शिकारीयुग, कृषियुगमा किराँती पुर्खाहरुले गरेका श्रमसौन्दर्ययुक्त क्रियाकलापहरुलाई ढोल र झ्याम्टाको सांगीतिक तालमा विभिन्न साकेला–शिलीहरुद्वारा व्यक्त गर्दै आइरहेका छन् ।
अहिलेको किराँती समाजका युवा-पुस्ताहरुले उभौली-उधौली साकेलालाई व्यापक रुपमा रुचाएको भएपनि यसप्रतिको बुझाई सतहीमात्रै भएकोले साकेला–शिलीलाई केवल मनोरन्जन र नाचको रुपमा मात्र हेर्ने गरिएको पाइन्छ। तर साकेला–शिलीहरु सिर्फ नाच मात्र होइन, साकेला–शिलीहरु मुन्दुमी नछुङहरुले पुज्ने साकेला पूजासँग, मुन्दुमी संस्कृतिसँग र मुख्यतः किराँत सभ्यताको विकासको क्रममा पुर्खाहरुले भोगेको भोगाई अनुभव, ज्ञान, सीप, श्रमसँग र श्रमसौन्दर्ययुक्त क्रियाकलापहरु सँग सम्बन्धित छन् ।
यालाखोमको किरात माङखिम सानोहात्तिवनमा रहेको सामुहिक चुल्हा ( दायाहुइलुङ/सुप्तुलुङ । फोटो: किरात राई यायोख्खा किराँत मुन्दुमी दर्शन र उत्पतिको सुरुआत :
किराँती समाज मौखिक श्रुति–परम्परामा आधारित मुन्दुमबाट निर्देशित छ। किराँत सभ्यता विकासको क्रममा हजारौं वर्षअघि देखिको किराँती पुर्खाहरुको भोगाई, अनुभव र ज्ञानको संगालो, दर्शन, दार्शनिक दृष्टिकोणलाई एक पुस्तादेखि अर्को पुस्ता हस्तान्तरण गर्दै जोगाएर ल्याएको श्रुति–परम्परामा आधारित मौखिकशास्त्र नै मुन्दुम हो । किराँतीहरुको मुन्दुममा सृष्टिको उत्पति,मानव सभ्यताको विकासको चरणहरु, प्रकृतिसँगको अन्तरसम्बन्ध, इतिहास, भूगोल, संस्कृतिको कुराहरु वर्णन गरिएको पाइन्छ। किराँत मुन्दुममा सृष्टिको उत्पति कसरी भयो, यो पृथ्वी, यो धर्ती, यो आकाश, जल, जमिनको उत्पति कसरी भयो, यो सृष्टिमा मानव उत्पति कसरी भयो, भनेर दार्शनिक दृष्टिकोणबाट वर्णन गरिएको पाइन्छ ।
किराँत मुन्दुम दर्शनअनुसार यो सृष्टिमा मानव उत्पति हुनुअगाडि सारा पृथ्वी जलाम्य अवस्थामा थियो । पृथ्वीमा कालान्तरसम्म आँधी–हुरी चलिरह्यो र आँधी–हुरीले उडाएर ल्याएको फोहोर पानीको भागमा जम्मा हुँदैगयो । त्यही फोहोरको डङ्गुरबाट उन्यू झारको विकास भयो । उन्यू झारको पातहरु खस्दै जाँदा त्यसको फेदमा थुप्रिएका पातहरु कुहिन थाले । त्यही कुहिएको उन्यूको थुप्रोबाट धमिराको उत्पति भयो । त्यही धमिराले उधिनेर माटोको उत्पति गरायो ।
त्यही माटोमा च्याउ उम्रन थाल्यो । च्याउ कुहिएर सड्दै गएपछि विभिन्न किसिमको किराहरुको उत्पति भयो । यसरी नै कालान्तरमा पहिलो मानवहरु:- (रिकापा छोरा र रिभेना छोरी) उत्पति भयो भन्ने मानिन्छ । त्यस्तै अर्को मतअनुसार सूर्य र चन्द्रमाको पारस्परिक आकर्षण शक्तिको कारण भूगर्भमा विर्य रह्यो र त्यही गर्भबाट उन्यूको उत्पति भयो ।
कालान्तरमा वासेपमा धमिराले ढिकुरा उठायो र त्यही ढिकुरा फुटेर (नाईमा र चिनिमा अथवा सुम्निमा-पारुहाङबाट) मानवको उत्पति भएको मुन्दुमी दर्शनअनुसार सृष्टिको उत्पति र मानव उत्पतिबारे दार्शनिक पक्ष रहेको छ । यसलाई गहिरिएर बुझ्ने हो भने यसमा अहिलेको आधुनिकयुगको विज्ञानसँगत कुराहरु छन् ।
साकेला–शिलीहरु सिर्फ नाच मात्र होइन, साकेला–शिलीहरु मुन्दुमी नछुङहरुले पुज्ने साकेला पूजासँग, मुन






















