तम्घास पहिरोले पुरिएर खानीगाउँका तीन जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज ६ | बिहान ०८:०६ बजे

तम्घास । गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो ।
पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा परियार र जमुना परियार, २१वर्षीया छोरी भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जनाकारी दिए ।
राती निकै ठुलो पानी परेको थियो । पहिरोले पुरेको सूचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार सुरु गरेका थिए ।






















