नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP)को प्रदेश २ को अध्यक्ष कन्हैया ठाकुरलाई जिम्मेवारी

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह ०४:०६ बजे

काठमाडौ । नेपाल उपभोता संरक्षण महासंघ (FNCP) को केन्द्रीय कार्यसमितिको बैठक बिभिन्न सांगठनिक संरचना सम्वन्धि निर्णय गरेको छ।
उक्त निर्णय अनुसार प्रदेश नं २ का अध्यक्ष मा कन्हैया ठाकुरलाई जिम्मेवारी दिएको छ । लामो समयसम्म सक्रिय विद्यार्थी राजनीति गरेका ठाकुर पूर्व मन्त्री विजयकुमार गच्छदारका स्वकीय सचिवसमेत रहि सकेका छन् ।
नेपाली कांग्रेसका युवा नेता कन्हैया ठाकुर गृह मन्त्रालयको च.नं.३७ को पत्रबाट प्राप्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सुझाव अनुसार नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP) अध्यक्ष भएका हुन ।
काठमाडौँमा बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले ठाकुरलाई प्रदेश -२ को अध्यक्ष चयन गरिएको प्रवक्ता अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।






















