देश

सप्तरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह ०४:०६ बजे

सप्तरी, ०५ असोज । पूर्व–पश्चिम लोकमार्गस्थित सप्तरीको खडक नगरपालिका वडा नम्वर ६ विरपुरमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिवका वडा नम्वर ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१४च ६२७९ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको ना.३७ प ३८९४ नम्बरको मोटरसाइकल आपसका ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु