सभामुख सापकोटा प्रचण्डको इशारामा चले : गोकुल बास्कोटा


पोखरा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इशारामा चलेको आरोप लगाएका छन् ।
मंगलबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै बास्कोटाले प्रचण्डकै इशारामा सभामुखले एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको बताए । `उहाँले हुँदै नभएको प्रचण्ड धारा प्रयोग गरेर कारबाही गर्न मिल्दैन भन्नुभयो´ उनले भने, ‘नमिल्ने भनेर कहाँ लेखेको छ ? प्रतिनिधिसभा नियमावलीमा छ ? कि कुन धारामा छ ?’
उनले सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसद अवरुद्ध गर्न बाध्य भएको बताए । सभामुखले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्दा एकै घण्टामा र माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायत ४ सांसदलाई कारबाही गर्दा ४८ घण्टाभित्र सूचना जारी गरेको बास्कोटाले बताए ।
‘एमालेको निर्णय मात्र अवज्ञा गर्नुपर्ने कहाँ लखेको छ ? सभामुख न्यायाधीश हो ? सभामुख फैसलाकर्ता हो ?’ नेता बास्कोटाले सभामुखले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने बताए ।






















