सिन्धुलीबाट भरुवा बन्दुकसहित पाँचजना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह १२:०६ बजे

काठमाडौं । सिन्धुलीबाट प्रहरीले भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जलकिनी बस्ने ५० वर्षीय नुरबहादुर बस्नेतलगायत पाँचजना रहेका छन् । दुधौली नगरपालिका–२, जलकिनी र तिनचम्के भन्ने स्थानबाट चारथान भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।






















