कुलमानविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह १२:०६ बजे

काठमाडौं । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।
मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो ।शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गैरकानुनी रुपमा नियुक्ति गरेको भन्दै बदरको माग गरेका छन् ।
यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्ति सम्बन्धी आवश्यक दस्तावेजहरू झिकाएको थियो । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गरेक थियो ।






















