देश

रौतहटबाट ४० किलो चाँदीसहित एकजना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह १२:०६ बजे

रौतहट । रौतहटको गौरबाट ४० किलो चाँदी सहित प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी रहेका छन् । काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्राउ गरेर अनुसन्धान गरिएको रौतहटका एसपी विनोद घिमिरेले बताए ।

गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।

कमेन्टहरु