देश

सप्तरीको बलानबिहुल गाउँपालिकामा एक महिने सिलाईकटाई तालिम सम्पन्न

जगत ठाडा मगर
२०७८ अशोज ५ | मध्यान्ह १२:०६ बजे

लहान । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय औधोगिक तथा लगानी प्रवर्द्धन बोर्ड महाशाखाको सहकार्यमा सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
photo 2021 09 21 12 20 18

सिलाईकटाई तालिम २०७८ जेठ ०३ गतेदेखि ०७८ असार ०१ गतेसम्म संचालित ३० दिने सिलाईकटाई, चुडीलाह तालिममा सक्रियतापुर्वक सहभागी हुने सम्पूर्णलाई कुशलता पुर्वक प्रमाणपत्र हस्तान्तरण गरिएको हो । प्रमाणपत्र असोज १ गते शुक्रबार वितरण गरिएको बलानबिहुलका स्थानीय सहकर्मी रासिन्द्र यादवले जानकारी गराउनु भएको छ ।

बलानबिहुल गाउँपालिका माध्यमिक सप्तरीमा गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (MEDPA) को लघु उदेश्यलाई बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पालिका अध्यक्ष दयान्नद गोइतको सभा अध्यक्षता, प्रशासन शाखा प्रमुख रामलखन साहको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।
photo 2021 09 21 12 20 19

उक्त लक्ष्यित वर्गका लागि गरिएको तालिमको प्रशिक्षकका रुपमा गिता मुखिया ब्युटीपार्लोर, चुडी-लाह-अनिता साह, सिलाइकटाई मो. आलम रहेका थिए । पालिकाले यस किसिमका लक्षित वर्गका निम्ति विभिन्न कार्यक्रम गरिदै आइरहेको साथै लक्षित कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिइएको अनुमान लगाउन सकिन्छ ।

यो कार्यक्रमबाट गरिबी निवारण हुने, सीपले दक्ष, अनुभवी जनशक्ति तयार पारेको अध्यक्ष दयान्नद गोइतले बताए ।

photo 2021 09 21 12 20 22 e1632206270263

कमेन्टहरु