देश

पश्चिम नवलपरासीका बर्दघाटका १४ वर्षीय बालक छ महिनादेखि बेपत्ता, खोजी गर्न मलेसियाबाट बुबाको आग्रह

जगत ठाडा मगर
२०७८ अशोज ५ | बिहान १०:०६ बजे

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१५, कांग्रेस चोक निवासी १४ वर्षीय बालक ६ महिनादेखि वेपत्ता भएका छन् । बर्दघाट घर भएका बालक चैत्र १२ गते आइतबारदेखि घरबाटै बेपत्ता भएको हो ।

उनका पिता अर्जुन चापकोटे कुमाल भने वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया छन । उनले छोरा नवीन कुमालका खोजीका लागि उनले मलेसियाबाटै सञ्चारकर्मीलाई प्रचारप्रसार गरिदिन आग्रह गरेका छन् ।

आफू विदेशमा रहेको समयमा घर रहेका आफन्तलाई प्रहरीकोमा खबर गर्न पठाए पनि नगएको उनले बताए ।

कमेन्टहरु