विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा नेकपा एमाले प्रवेश

जगत ठाडा मगर
२०७८ अशोज ५ | बिहान १०:०६ बजे

सिराहा । सिराहा जिल्ला अन्तर्गत पर्ने भगवानपुर गाउँपालिकामा संयौंको संख्यामा जसपा, कांङ्ग्रेस, माओवादी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छन।

सिराहा भगवानपुर गाउँपालिकाको गमहरिया चौकमा आयोजना गरिएको पार्टी प्रबेश कार्यक्रममा उक्त संख्याको अन्य नेताकार्यकर्ता एमालेमा प्रबेश गरेको हो ।
पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता नेकपा एमालेको युवा तथा जुझारु नेता कमरेड उग्रनारायन यादवले गरेको थियो भने, प्रमुख अतिथीमा निबर्तमान मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य कमरेड लिलानाथ श्रेष्ठ र पुर्व मन्त्री ज्वाला देवि साह थियोे ।

साथै विशिष्ट अतिथीमा नेकपा एमाले केन्द्र कमिटी सदस्य गंगा यादव, लगनलाल चौधरी र लहान नगर प्रमुख मुन्नी साह र राम शंकर यादवको उपस्थिति रहेको थियोे ।























