देश

पत्रकारलाइ गाली गर्ने प्रहरी सहायक निरीक्षक माथी भएन कारवाही, ढाकछोप गर्दै एसपी पाण्डे

जगत ठाडा मगर
२०७८ अशोज ५ | बिहान ०९:०६ बजे

पर्सा, ५ असोज । पर्साको प्रहरी चौकी अमरपटीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृज सिंहको गल्तीलाई संगठनकै माथिल्लो निकायले ढाकछोप गर्दै आएको रहस्य खुलेको छ । अमरपटी नाकाबाट फस्टाएको तस्करीको बिषयमा समाचार उजागर हुनासाथ सम्प्रेशन गर्ने पत्रकारलाई टारगेट गर्दै प्रहरी सहायक निरीक्षक सिंहले गालीको प्रयोग गर्दै आफ्नो फेसबुक वालमा स्टेटस हालेका थिए ।

समाजिक संजालमा यस्ता क्रियाकलाप गर्ने सर्वसधारण नागरिकलाई कारवाही गरिने प्रावधान रहेपनि, प्रहरी संगठनको अधिकारीले यस्तो तरिकाको गल्ती गरेपनि माथिल्लो निकायले कारवाही नगरिनुले ढाकछोप भएको प्रष्टै देख्न सकिन्छ । आफ्नो वर्दी र पावरको गलत दुरुपयोग गर्दै आएका प्रहरी सहायक निरीक्षक बृज सिंहको बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक समेतले केही चासो नदेखाएको पाइन्छ ।

करिब ३ महिना अगाडी यस्तै क्रियाकलाप गर्ने एक जना नेपाली नागरिक माथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले मुद्धा समेत दर्ता गरी कारवाही प्रकृया अगाडी बढाएका थिए तर आफ्नै कर्मचारीले यस्तो तरिकाको गल्ती गर्दा मौन हुनु प्रहरी उपरीक्षक पाण्डेको कार्य शैली माथि प्रश्ण चिन्ह खडा भएको छ । प्रहरी चौकी अमरपटीबाट दैनिक करोडौ बराबरको मालसमान अवैध तरिकाले नेपाल आयात हुने गरेको प्रमाण यस अनलाइनले फेला पारेको छ । सोही बिषयमा समाचार लेखेकै कारण एकाबिहानै प्रहरी सहायक निरीक्षक यस्तो गैर जिम्मेवारीपन तरिकाले आफ्नो फेसबुक वालमा गालीको प्रयोग गर्दै स्टेटस हालेका थिए ।

नेपाली नागरिकको जिउधनको सुरक्षा गर्ने प्रहरीहरु नै जब यस्तो गैर कानुनी क्रियाकलापले भरिपूर्ण रहेको अवस्थामा आम नेपाली नागरिकको सुरक्षा कसरी गर्ने हो ? त्यो प्रश्णको बिषय बनेको छ । सीमा नाकाबाट तस्करीको लाइन सुचारु गर्नको निम्ति स्थानीय प्रहरी चौकीदेखी माथिल्लो निकायसम्म रकम बाडफाड गर्नु पर्ने हुन्छ, सायद त्यही भएर हालसम्म प्रहरी सहायक निरीक्षक बृज सिंहलाई कारवाही नगरिएको हुन सक्ने अनुमान गरिन्छ ।

यता समाचार सम्प्रेशन गर्ने अनलाइनले प्रहरी सहायक निरीक्षक बृज सिंहको यस्तो क्रियाकलापको बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साले कारवाही प्रकृया अगाडी नबढाए प्रदेश नम्बर २ प्रहरी कार्यालय लगायत प्रहरी प्रधान कार्यालयमा समेत जाने बताएका छन । यस्तो तरिकाको गल्ती गर्ने प्रहरी सहायक निरीक्षक सिंह माथि कारवाही नभए आउने दिनमा पत्रकारिता पेशा धरापमा पर्ने उनले बताए ।

कमेन्टहरु