खाना पकाउने ग्यास लिक भएर आगलागी हुदा जलेर घाईते दम्पतीको मृत्यु


झापा । झापामा सिलिण्डर ग्यास फेरबदल गर्ने क्रममा आगलागी हुँदा जलेर घाइते भएका दम्पत्तिको मृत्यु भएको छ ।
आगलागीमा परेर घाइते भएका अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गएराती अलग–अलग समयमा मृत्यु भएको हो ।
छिमेकी कमल पोखरेलका अनुसार खनाल दम्पत्तिले तीन घण्टाको फरकमा ज्यान गुमाएको हुन्। आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ। उनी डिस्चार्ज हुने तयारीमा छन्।
घरमुली मंगलादेवी सामान्य घाइते थिइन् भने अरुको अवस्था गम्भीर थियो। घर जलेपछि खनाल परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ। छिमेकी पोखरेलका अनुसार खनाल दम्पत्तिको काठमाडौंमै अन्त्येष्टि गर्ने तयारी छ।
उनिहरुको भदौ २६ गते साँझ ग्यास लिक हुँदा खनालको घरमा आगलागी हुदा झलेर घाईते ब्जएका थिए । उनिहरुको उपचारको लागि काठमाडौ लगेको थियो । घटनामा परिवारका चारजना घाइते भएका थिए।






















