कपिलवस्तुमा पोखरीमा डुबेर एक जना पुरुषको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज ५ | बिहान ०७:०६ बजे

घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वार्ड न १२ काे हरिगवा निवासी ५५ बर्षिय राम सेवक यादब रहेका छन ।
उनलाई गाउँ नजिक उत्तर तर्फ रहेको पाेखरीमा साझा करिब ५ बजे मृतक अवस्था शव फेला परेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय कृष्णानगर र स्थानियकाे सहयाेगमा शवलाई पोखरीबाट निकालेर पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज पढाइएको प्रहरीले जानकारी दिइएको छ ।






















