हेटौंडामा गाई काटेको आरोपमा १० जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज ४ | मध्यान्ह ०६:०६ बजे

मकवानपुर । मकवानपुरमा गाई काटेको आरोपमा १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा वडा नं ९ का ५० वर्षीया सन्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया, वर्ष १८ का सन्देश बि.क, ४० वर्षीय सोमबहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा ११ का ३९ वर्षीय जनकबहादुर लो, ४३ वर्षीय राजकुमार घलान, ४० वर्षीय रवीन्द्र लो, ३३ वर्षीय पम्पराज लो र वडा नं ४ का ४८ वर्षीय प्रल्हादभक्त न्यासुर रहेका छन ।
उनिहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरू सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको छ । उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।






















