अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा सरावलमा ज्ञापनपत्र


महेश यादव
नवलपरासी, ४ असाेज । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सरावल गाउँ समिति नवलपरासीद्वारा सरावलमा ज्ञापनपत्र बुझाएको छ । ११ बुदे माग राख्दै तुरुन्तै कार्यान्वयन गर्नका लागि समितिका संयाेजक साेना चाैधरीकाे नेतृत्वमा महिलाहरुले ज्ञापनपत्र बुझाएका छन ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अनुपस्थितिमा उपाध्यक्ष उत्तमा रायलाई ज्ञापनपत्र बुझाउदै महिलाहरुले ११ बुदे माग तुरुन्त कार्यान्वयन गर्ने माग समेत गरेको थिए । साथै महिलाहरुले ज्ञापनपत्र बुझाउदै निम्नलिखित कुराहरु तुरुन्त कार्यान्वयन गर्न माग गरेका हुन ।
१- स्वस्थ्य समस्या (अस्पताल, स्वास्थ चाैकि) र शिक्षण संस्था (विद्यालय) काे वरपर निश्चित दुरीसम्म धुम्रपान, मध्यपान, जुवातास निषेधित गरियोस् ।
२- माध्यमिक तहसम्म किशोरी मैत्री वातावरण बनाउन किशोरीहरुलाई आराम कक्ष शाैचालयकाे ब्यवस्था सेनेटरि प्याडकाे सहज व्यवस्था गरियोस् ।
३- सरावल गाउँपालिका भित्र रहेको माध्यमिक विद्यालयमा एक-एक जना स्टाफ नर्सकाे व्यवस्था गरियोस् ।
४- अामाकाे नामबाट नागरिकता प्राप्त गर्ने सहज वातावरण निर्माण गरियोस् ।
५- छाेरा सरह छाेरिलाई पैत्रिक सम्पतिमा समान अधिकारकाे व्यवस्था लागू गरियोस् ।
६- लैङ्गिक उत्तरदायी बजेट १० प्रतिशतकाे व्यवस्था गरि जनचेतना, तालिम, सीप सिकाई अादिमा प्रयोग गरियोस् ।
७- सरावल गाउँपालिकालाई महिला हिंसा मुक्त पालिका घाेषणा गरियोस् ।
८- प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृह (सेफ हाउस) काे व्यवस्था गरियोस् ।
९- सबै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाईयाेस् ।
१०- हिंसा पिडित महिलाहरुकाे लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था मिलाईयाेस् ।
११- छाेरीका लागि जन्मेपछि बैंक खाताकाे व्यवस्था र माध्यमिक शिक्षासम्म निशुल्क शिक्षाको व्यवस्था मिलाईयाेस् ।
लगाएतकाे ११ बुदे माग तत्काल कार्यान्वयन गर्न माग गरेका थिए ।






















