५ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज ४ | मध्यान्ह ०६:०६ बजे

सिरहा, ०४ असोज । लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्वर १३ तिरतपुर बस्ने २६ वर्षीय शुभ कुमार महतो रहेको छ ।
उनलाई सिरहाको सिरहा नगरपालिका वडा नम्वर ६ बसविट्टा चौकबाट ५ किलो २२३ ग्राम लागूऔषध गाँजा र २ पिस नाईट्रोभेट ट्याबलेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले ज ११ प १७३४ नम्वरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा उनको साथमाबाट लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवाश बुढाथोकीले जानकरी दिए ।






















