देश

मेयर सुवेदीलाई मुक्का प्रहार गर्ने युवक एमालेकै कार्यकर्ता

जगत ठाडा मगर
२०७८ अशोज ४ | मध्यान्ह ०४:०६ बजे

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ ।

एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार बुटवल–३ ज्योतिनगरमा पहिरो निरीक्षणका क्रममा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

उनी पहिरो प्रभावित क्षेत्र ज्योतिनगरका बासिन्दा हुन् । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा पनि स्थानीय सरकारले कुनै चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु