देश

नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले “अबको उज्यालो बाटो नामक” पुस्तक बिमोचन

जगत ठाडा मगर
२०७८ अशोज ४ | मध्यान्ह ०३:०६ बजे

वसन्त थामी
दोलखा । नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले प्रकाशनमा ल्याएको नान्को आथाङ उलाम अर्थात (अबको उज्यालो बाटो) नामक पुस्तकको आज औपचारिक विमोचन गरिएको छ । अति सिमान्तकृत थामी समुदायको भाषा, संस्कृति, कला र साहित्यसँग सम्बन्धित पुस्तकको आईतवार विमोचन गरिएको हो ।

photo 2021 09 20 15 23 37
photo 2021 09 20 15 23 33

दोलखा सरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच पुर्व संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, जिल्ला समन्वय समितिको प्रमुख डबल पाण्डे, थामी समुदायका अग्रज व्यक्तित्वहरु गोपीलाल थामी, जगतमान थामी लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरे । पुस्तक विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री गुरुङले थामी समुदायको हकहितको लागि आफु सँधै साथमा रहेको बताए । गुरुङले संचारमन्त्री रहेका बेला थामी समुदायको साँस्कृतिक पहिचान झल्किने हुलाक टिकट प्रकाशनको प्रक्रिया अघि बढाएका थिए ।
photo 2021 09 20 15 23 34

यस्तै कार्यक्रममा जिसस प्रमुख पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले थामी जातीको समग्र उत्थानको लागि आफुहरु विगतदेखिनै लागिपरेको उल्लेख गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए । नेपाल थामी समाज दोलखाका अध्यक्ष हरिक कुमार थामी (नितेश) को अध्यक्षमा भएको कार्यक्रममा थामी समुदायका अग्रज व्यक्तित्वहरु गोपीलाल थामी, जगतमान थामी, थामी समाजका केन्द्रीय महासचिव लक्ष्मण थामी, थामी समाज दोलखाका उपाध्यक्ष होम बहादुर थामी, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, छलिमाया थामी, बसन्त थामी, देविका थामी लगायतले पुस्तकले थामी समुदायको भाषा, संस्कृति, कला, साहित्य संरक्षण र पुस्तान्तरणमा महत्वपुर्ण योगदान पुर्याउने विस्वास व्यक्त गरे ।
photo 2021 09 20 15 23 35

विचार दृष्टिकोण, ईतिहाँस÷किंवदन्ती, संस्कार÷संस्कृति र कला÷साहित्य गरी चार अध्यायमा प्रकाशित पुस्तकमा तीन दर्जन बढी लेख, रचना र सिर्जनाहरु समावेश छन्

photo 2021 09 20 15 23 36

photo 2021 09 20 15 23 38

कमेन्टहरु