देश

काठमाडौ लोकसेवा आयोगको कार्यालय अगाडि परीक्षार्थीहरूको बिरोध प्रदर्शन

जगत ठाडा मगर
२०७८ अशोज ४ | मध्यान्ह ०१:०६ बजे

काठमाडौ । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परिक्षार्थीहरु आन्दोलित भएका छन् ।

सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले तत्काल नतिजा प्रकाशनको माग गरेका छन् । लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको साटो नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो काम भएको बताउँदै उनीहरुले गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न नतिजा प्रकाशन गरिनुपर्नेमा जोड दिए । उनीहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको समेत आरोप लगाए ।

परीक्षार्थीहरूले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेशनको शिकार भइरहेको बताएका छन् । आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको समेत उनीहरुको गुनासो छ ।

कमेन्टहरु