आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध जारी राख्ने

जगत ठाडा मगर
२०७८ अशोज ४ | बिहान ०८:०६ बजे

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध जारी राख्ने भएको छ। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा रहेको जनाउँदै एमालेले अहिले विहान ११ बजे बस्ने बैठकमा पनि अवरोध जारी राख्ने भएको हो ।
यसअघि एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ वटा बैठक अवरोध गरिसकेको छ । माग पूरा नभएसम्म अवरोध जारी राख्ने एमालेले जनाएको छ ।
यता कर्मचारीलाई तलब खुवाउन आज संसदबाट बजेट पारित गर्नै पर्ने बाध्यता सरकारलाई रहेको देखिन्छ ।






















