देश

गण्डकी प्रदेशमा एकीकृत समाजवादी कमजोर छैन : किसान श्रेष्ठ

जगत ठाडा मगर
२०७८ अशोज ४ | बिहान ०८:०६ बजे

पोखरा । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार हुने बताएका छन् । गण्डकी प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा प्रतिनिधित्व गर्ने उनी एकमात्र संघीय सांसद हुन् ।

पोखरामा आइतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा सांसद श्रेष्ठले भने, ‘प्रतिनिधि सभामा आफू एक्लो भए पनि एमालेलाई भारी पर्ने बताए । गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा कुनै टिकट नदिएकै कारण कमजोर हुन पुगेको उनले बताए । उनले अब भने गण्डकीबाटै नेकपा एकीकृत समाजवदीको विजयको बिगुल फुकिसकेकोसमेत दाबी गरे ।

गण्डकीका १८ वटा क्षेत्रमा नेपाल पक्षलाई एउटा पनि टिकट दिइएन । अनि कसरी नेपाल पक्ष गण्डकीमा बलियो हुन्छ? अबदेखि नेपाल पक्षले देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?’

आफू बीसौं वर्षदेखि ओली गुटमा रहे पनि गल्ती महसुस गर्दै माधव पक्षमा आएको उनले बताए । ओलीले २ पटक संविधान विरोधी काम गर्दा पनि साथ दिएको बताउँदै उनले भने, ‘पछि गल्ती गरेको रहेछु भन्ने बुझें र शेरबहादुर देउवालाई विश्वासको मत दिएँ ।’

कमेन्टहरु