तेस्रो मधेश आन्दोलन हुन सक्छ : अध्यक्ष ठाकुर


पकहामैनपुर । लोकतान्त्रिक सामाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताले न्याय नपाएसम्म आफुहरुको आन्दोलन जारी रहने बताउनु भएको छ ।
मधेश आन्दोलनका शहिद सत्रुधन पटेलको छैठो स्मृती सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सो कुरा बताउनुभयो ।
लो.स.पा.अध्यक्ष ठाकुरले संविधान संसोधन मार्फत मधेशी जनताको समनताको अधिकारको लागि राज्यसंग आफुहरुको लडाइँ रहेको बताउदै उक्त माग सम्बोधन नभए जुनसुकै बेला आन्दोलन हुन सक्ने चेतावनी दिनुभयो । लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउँ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा बोल्दै अध्यक्ष ठाकुरले आफुहरु मुद्दासंग सम्झौता गरि नेकपा एमालेको सरकारलाई मत दिएको समेत प्रष्ट पार्नुभयो । अध्यक्ष ठाकुरले आफुहरुको माग पुरा गर्ने जुनसुकै पार्टीको सरकारसंग सहकार्य हुन सक्ने बताउनुभयो ।

नेपाल बहुल राष्ट्रिय राज्य हो : लोसपा बरिष्ठ नेता महतो
सोही कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएको बताउदै देशको शासन प्रणालीमा मधेशी जनताको समानताको अधिकार नभएसम्म आफुहरुको लडाई जारी रहने बताउनुभयो ।
बरिष्ठ नेता महतोले मधेशी जनताको छातीमा गोली हानेर बनाईएको संविधान कुनै कामको समेत नभएको टिप्पणी गर्दै देशमा अहिले पनि पुर्ण लोकतन्त्र नआएको दाबी गर्नुभयो । नेता महतोले एकल जातिय सोचले बर्तमान संबिधान बनेकोले समाबेशी संविधान नबनेसम्म आफुहरु संबिधान दिवस मनाउन नसक्ने जिकिर गर्नुभयो । नेता महतोले अधिकार सम्पन संघियता आफुहरुको मुख्य माग रहेको भएपनि केन्द्र सरकारले संघियतालाई पंगु बनाएको समेत टिप्पणी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा लोसपाका कार्यकारीणी समिती सदस्य तथा पुर्व मन्त्री लक्षुमनलाल कर्ण, कार्यकारीणी समिती सदस्य तथा प्रदेश नं.२ का पुर्व मन्त्री जितेन्द्र सोनल, प्रदेशसभा सदस्य प्रहलाद गिरी, रमेश पटेल, नेताहरु शिकपुर मिया, निजामुदिन समानी, युवा नेता ओमप्रकाश सरार्फ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।






















