देश

सुटिङकै क्रममा हृदयघातका कारण कलाकार रमेश केसीको निधन

जगत ठाडा मगर
२०७८ अशोज ३ | मध्यान्ह ०५:०६ बजे

काठमाडौं । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को ६९ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार बिहान हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए ।

‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे, तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन ।’ छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ । उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए ।

लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट गुज्रिरहेको रहेको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ। रंगमञ्चबाट नेपाली कला क्षेत्रमा प्रवेश गरेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् ।

उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।

कमेन्टहरु