देश

मकवानपुरबाट ७ जना जुवाडे रंगेहात पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज ३ | मध्यान्ह ०५:०६ बजे

मकवानपुर । मकवानपुरबाट २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो ४:३० बजे ७ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सीको घरबाट उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय राकेश के.सी.(घर धनि), सोही उपमहानगरपालिका -१० बस्‍ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका-९ घर भइ हाल हेटौडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति, ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु