देश

संविधान दिवसविशेष कार्यक्रममा उपराष्ट्रपति नै गायब, आखिर कहाँ हराए ?

जगत ठाडा मगर
२०७८ अशोज ३ | मध्यान्ह १२:०६ बजे

काठमाडौं । सातौँ संविधान दिवसका अवसरमा आइतबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा समारोह आयोजना गरिएको हो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन भने समारोहमा अनुपस्थित रहे । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । रंगीचंगी बेलुन र शान्तिका प्रतीक परेवा उडाइएको थियो ।

कमेन्टहरु