देश

नगरपालिकाको ठेक्का लापर्वाही कायमै, स्थानीय आक्रोस

जगत ठाडा मगर
२०७८ अशोज ३ | बिहान ११:०६ बजे

विनोद मण्डल
सिराहा । नगरपालिकाको लापरवाहीको कारण अाम मानिसले कष्ट भोग्न विवस भएका छन् । नेपाल सरकारले आषाढ, साउन र भदौ सम्मको लागि नदीजन्य पदार्थको उत्खननको लागि रोक लगाउने वार्षिक तालिका रहेतापनि स्थानिय सरकारको चरम लापरवाहीको कारणले यतिबेला स्थानिय जनता निर्माण कार्यबाट वञ्चित भएका छन ।
photo 2021 09 19 11 34 48

सिरहाको धनगढी माई नगरपालिकाको सीमा क्षेत्र भित्र रहेको स्थानिय नदीहरू गागन, सर्रे खोला असोज १ गतेदेखि खुल्नु पर्ने हो तर नगरपालिकाले ठेक्काको कारण देखाई भदौ ३१ गते स्थानिय वडा कार्यालय लगायत ईलाका प्रहरी कार्यालय ठटीयालाई पत्र पठाइ नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपछि स्थानिय स्तरमा निर्माण हुने भवन, घर लगायतका काम एकातिर प्रभावित भएको छ भने अर्कोतिर लाखौंको पूँजी डुबाएर ऋणको किस्ताको मारमा परेका गाडी मालिकहरू चिन्तित बनेका छन् ।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ,” यस धनगढीमाई नगरपालिका वडा नं ६ र ७ क्षेत्र भित्र पर्ने गागन खोला तथा १२ र १३ भित्र पर्ने सर्रे खोलाको प्रारम्भिक वातावरणीय परीक्षण भएको क्षेत्रको नदीजन्य पदार्थको ढुङ्गा, गिट्टी, वालुवा तथा भरौट माटो उत्खनन् संकलन तथा बिक्री कार्यको लागि ठेक्का बंदोबस्त गर्ने बोलपत्र आह्वान गर्ने प्रक्रियामा रहेकोले उक्त मूल्यांकन तथा ठेक्का सम्झौता नभएसम्म उक्त कार्य कानुन विपरीत भएकोले कानुन बमोजिम कारवाही भैजाने भनी भनिएको नगरपालिकाको अवैधानिक सूचनाप्रती अाम उपभोगता आक्रोशित भएका छन ।
photo 2021 09 19 11 34 49

वास्तविकता हेर्दा नगरपालिकाले कहिलेसम्म ठेक्का सम्झौता गर्नुपर्ने हो ? सरकारले खुला गरिसकेपछि स्थानिय सरकारले खोल्नु पर्छ कि पर्दैन ३ महिनासम्म सुतेर बस्ने अनि नदी खोला खोल्नुपर्ने बेलामा सूचना जाहेर गर्ने दोषी बनेका नगरपालिकालाई कानुनी दायरामा ल्याउन जरुरी छ । साथै सर्रे खोलाको किनारमा रहेको लहान २४ गोविन्दपुर मलहनमा भन्ने ठाउँबाट नदीजन्य पदार्थको ढुवानी जारी रहेको छ ।

धनगढीमाई नगरपालिकाको यस्ता निर्देशनप्रति आक्रोशित बनेका गाडी धनीहरुले तत्काल खोला अनुमति नदिए आफूहरु जबर्जस्ती नदीजन्य पदार्थको ढुवानी गर्ने बताएका छन् ।

photo 2021 09 19 11 35 29

कमेन्टहरु