मंगोलको संघीय युबा नेता मदन थामी माओवादी केन्द्रमा प्रवेश


दोलखा । मंगोल नेशनल अर्गनाइजेशन डा : गोपाल गुरुङ संगठनको केन्द्रीय प्रचारप्रसार सचिब मदन थामी शनिबार कालिन्चोक काठमाडौ सम्पर्क मंचले आयोजना गरेको भेलामा बागमति प्रदेश माननीय सांसद विशाल खड्का र दोलखाका चर्चित बिकासप्रेमि नेता कुल बहादुर बुढाथोकी(रोशन) को पहलमा माओवादी पार्टी मुख्यालयमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रमा प्रबेश गरेका छन ।
वहाँ मिती २०६८ साल देखी MNO दोलखा सचिब पद, MNO बागमती प्रदेश सहसचिब, MNO हुँदै तीन बर्ष अगाडि मंगोल संगठन मेचेपक्ष र वीरलाल वालाहाङ पक्ष अलग भएर बनेको MNO DGG संगठनको केन्दीय प्रचारप्रसार सचिबमा कार्यरत् रही संगठनको लागी ७ बर्ष काम गरिसक्नु भएको थियो । जब मंगोल नेशनल अर्गनाइजेशन चौथो राष्ट्रिय महाधिवेशन धरानमा भयो । उक्त अधिवेशनमा प्रेसिडेन्ट डा: गोपाल गुरुङ ज्यूले सम्बोधन गर्ने क्रममा भन्नू भो नेपालका बाहुन छेत्रीहरु लाई बिस्तारै बिस्तारै खेद्नू पर्छ भनेर त्यो बेला देखी म चितित भए किनकी नेपालमा मंगोल र आर्यको एक दिन लडाई त हुने नै रहेछ । यद्यपि मंगोल समुदाय र आर्य समूदाय बीच लडाई भै हाले त्यो युद्ध रोकिने युद्द हुदैन त्यसको असर तेश्रो विश्व युद्धलाई समेत टेवा पुग्ने देखिन्छ, नेपालको पुलीस र आर्मीले त्यो युद्ध रोक्न सक्दैन । साहेताको लागी जब नेपाल सरकारले अमेरिकी र भारती बिदेशी सेना बोलाउछ तब चाइनाले पनि आफ्नो सेना पठाउछ नेपाल झन युद्ध भुमी भै रहेने देखिन्छ । नेपाल सरकारले मंगोल संगठनको राम्रो माग मुद्दालाई बार्ताद्वारा सम्बोधन गर्न सकेन भने, यो मंगोलवाद अभियानले एक दिन बम विष्फोट भए झै पटकिन्छ ।
मेरो राष्ट्र प्रेम अनुसार नेपाल सरकारले मंगोल सामुदायको माग मुद्दालाई बार्ताद्वारा सम्बोधन गरि छीट्टै निकास दिने काम गर्नू पर्यो । नेपालको सम्बिधानमा आदिवासी जनजाति शब्द खारेज गरेर मुलबासी मंगोल शब्द लेखिनू नै समस्या समाधान हुनू होइन । म मंगोलको विरोधी पनि होइन । आर्यको विरोधी पनि होइन । म के भन्छु भने साथिहरुलाई बद्ला लिएर होइन । बदलिएर देशको दिगो शान्तीको पक्षमा उभिएर मंगोल र आर्य सामुदायलाई एकता मेलमिलाप गराउने नेपाली/नेपाली बीच भाइचारा भातृत्व सद्भावको लागी मैले नेपाली एकता अभियान आफैले बनाए । मेरो निति सिद्दान्त भनेको शत्रुलाई पनि प्रेम गर्नू पर्छ भन्ने हो ।
नेपालमा बाहुनवाद छ । त्यो बाहुनबाद रहे मंगोलबाद झन उर्लेर आउँछ । बाहुनबाद भनेको बाहुन क्षेत्री भन्ने कुरा होइन । बाहुनबाद भनेको दमन र विभदेकारी कुटिल निति हो । अहिले सबै जात जाती वर्ग भित्र छ। पहिले हामी आ-आफै रुपान्तरण हुन जरुरी छ ।नेता हुनलाई परिवतर्नकारी अर्थात कान्त्रिकारी हुन जरुरी छ।
नेपाली राजनीतिमा बाहुनबाद र मंगोलबाद दुबै काम छैन । सबै नेपाली नेपालीपन हुनू पर्यो । वर्गिय राजनितीमा माओबाद नै उपयुक्त वाद हो । मैले मंगोलबाद छोडेर माओवाद रोजे अब तपाईहरुको पनि माओबाद रोज्ने पालो हो । डा : गोपाल गुरुङ ज्यूको सिद्धान्तमा लोकतन्त्र, धर्मनिरपेक्षता र संघीयता हो त्यो प्रचण्डपथले पुरा गर्यो नेपालमा । म मंगोलबादको अभियानमा लाग्ने साथीहरुलाई के भन्छु भने अब सबै नेपाली मिलेर नबसे नेपाल नै नरहने दिन नआउला भन्न सकिन्न । त्यसैले बाहुनबाद र मंगोलबाद त्यगेर माओबाद अंगालौ।
मैले माओवादी पाटी नै किन रोजे भन्दा नेपाली राजनीतिमा कान्तिकारी नेता भनेको प्रचण्ड देखे । अर्थात माओवादी पाटी देखे । प्रचण्ड एक युग पुरुष हो। जसको नेतुत्वमा सामान्ती राजकिय शाही शासन प्रणालीको अन्त्य गरि धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता, समानूपातिक समावेशीकरण स्थापना भै हिजो आज जनताको छोराछोरी राष्ट्रपति हुने अवसर प्राप्त भयो । सबै नागरिकले आ-आफ्नो हकअधिकार प्रत्याभुत गर्न पाएका छन । डा: गोपाल गुरुङले पनि भनेका थिए ।बाहुन नेताहरु फटाह हुन्छन, बाहुन नेता मध्यको पनि अलि राम्रो चही प्रचण्ड नै हुन भनेको थिएँ । अहिलेको परिस्थीतिमा अलि राम्रो जनताको नेता प्रचण्ड नै देखिएको छ।
पुर्व केन्दिय प्रचारप्रसार सचिब मदन थामी (नासाहाङ् थम्बु)






















