देश

खस समुदायले असाेज ३ लाई कालाे दिनको रुपमा लिन्छौ – प्रेम बहादुर खाती

जगत ठाडा मगर
२०७८ अशोज ३ | बिहान ०९:०६ बजे

काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ,भने कुल जनसंख्याकाे १७% मा रहेकाे खसहरु भने याे संविधानकाे बिराेधमा छ ।

संविधानले खसलाई पनि आर्यहरुसगै एकिकृत गरिदिँदा राज्य र सरकारी निकायहरुमा आर्यहरुकाे मात्र पहुँच र पावर लादिएकाे हुँदा खसलाई पहिचान बिहिन बनाएकाे भन्दै असाेज ३ लाई कालाे दिनकाे रुपमा स्मरण गराैँ भन्दै ” खसान संघर्ष समितिले” शनिबार एक बिज्ञप्ति प्रकाशित गर्दै ६ बुधे माग सहित बिराेध जनएकाे छ ।

प्रेस –बिज्ञप्ति

मिति -२०७८ असोज २ गते असोज ३ कालो दिन खस समुदायको न्यायपूर्ण मागहरु संबिधान संसोधन मार्फत पुरा गर नेपाली जनताको बलिदानीपूर्ण संघर्षहरुको कारणले नेपालमा अन्तरिम संबिधान २०६३ लागु हुन सफल भयो । उक्त अन्तरिम संबिधानले नेपालमा सदियौ देखि पछाडि परेका खस लगायत उत्पीडित समुदायहरुको थाती रहेको माग ,मुद्दाहरुलाई सम्बोधन गर्ने आशा गरिएको थियो ।

यस क्रममा खस समुदायले आफ्नो माग, मुद्दाहरु पुरा गराउन शान्तिपूर्ण आन्दोलन अघि बढाएको थियौ र सरकार संग पटक पटक बार्ताहरु पनि भएका थिए । तर नेपालको सबै भन्दा ठुलो जनसंख्या रहेको खस समुदायको न्यायपूर्ण मागहरुलाई बेवास्ता गर्दै तत्कालिन तीन दलले २०७२ असोज ३ गते अपुरो र पहिचान बिरोधि, खस समुदाय बिरोधि संबिधान जबर्जस्त लागु गर्यो ।

सबैले भाषण गर्दा कर्णालीको विकटता त्यहाँको अबिकसिताको कुरा गर्ने तर त्यस क्षेत्रको समुदायको दुख, पिडाको जड कारण सहितको राजनैतिक मागहरुलाई सधै बेवास्ता गर्दै रहने केन्द्रिकृत एकात्मक राज्य सत्ताको यहि रवैयाले गर्दा असोज ३ गते संबिधान घोषणा भएकै दिन देखि यो संबिधान खस समुदाय, खसान भूमिको लागि अपुरो, अधुरो र कालो छ भनेर प्रत्येक बर्ष असोज ३ कालो दिन मनाउदै आएका छौ ।

खसान रास्ट्रिय संघर्ष समिति खस समुदायको माग मुद्दा प्रति प्रतिबद्द छ, संबिधान संसोधन गरेर खस समुदायको मागहरुलाई सम्बोधन नगरिन्जेल यो संघर्ष समिति निरन्तर आन्दोलित भैरहने छ, समकक्षी पहिचानबादी संगठनहरु संग सहकार्य गर्दै आन्दोलनलाइ अघि बढाईरहने छ । असोज ३ लाई कालो दिनको रुपमा मनाइ रहने छ । खस समुदायको निम्न मागहरुलाई चाडो पुरा गरेर नेपालको संबिधान सम्पूर्ण समुदायको संबिधान भन्ने बाताबरण तयार गरियोस ।

खस समुदायका मागहरु :-

१) खसआर्य समानुपातिक क्लस्टरलाइ खस र आर्य अलग अलग समानुपातिक क्लस्टर बनाइयोस ।

२) खस समुदायलाई आदिबासिमा सुचिकृत गरि पहिचानको आधरमा खसान प्रान्त घोषणा गरियोस ।

३) खस समुदायको मष्टो धर्म सस्कृतिको चाड पर्वको दिन सार्बजनिक बिदा दिने व्यवस्था गरियोस ।

४) पूर्ण समानुपातिक चुनाब प्रणाली लागु गरियोस । खसहरुको १७ % जनसंख्याको आधारमा राज्यको हरेक क्षेत्रहरुमा खस समुदायलाई समानुपातिक प्रतिनिधित्व गराइयोस ।

५) हाल प्रदेस ६ अन्तर्गत पर्ने जुम्लाको सिंजा उपत्यका खस भाषाको उदगम स्थल हो भन्नेबारेमा विश्व नै जानकार छ । तर भाषा आयोगले प्रदेस ६ को कामकाजी भाषा सिफारिस गर्दा खस भाषालाई सिफारिस नगरेको प्रति यस संघर्ष समितिको कडा आपत्ति छ । प्रदेस ६ र प्रदेस ७ को कामकाजी मातृभाषामा खस भाषालाई घोषणा गरियोस भनि ससक्त माग गर्दछौ ।

६) पहिचानको आधारमा १० +१ प्रान्तहरु घोषणा गरियोस ।

प्रेम बहादुर खाती, केन्द्रिय अध्यक्ष

कमेन्टहरु