देश

लास जलाउन सास्ती स्थानीय चिन्तित

जगत ठाडा मगर
२०७८ अशोज ३ | बिहान ०९:०६ बजे

बिनाेद मण्डल
सिराहा, असोज ३ । सिरहाको धनगढी माई १२ मा लास जलाउन स्थानीयले ठूलो सास्ती खेप्नु परेको छ ।

photo 2021 09 19 09 06 11

सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति विष्णुपुरकट्टी तथा हाल धनगढीमाई १२, का स्थानिय जनताले विगत लामो समयदेखि प्राकृतिक अथवा अन्य कारणले मानिसको मृत्यु हुँदा लास विसर्जनको चर्को मार खेपिरहेको अवस्था छ ।

स्थानीय सर्रे खोला लास विसर्जनको एक मात्र विकल्पको रूपमा रहेको बगरको पूर्वी भाग र दक्षिणि पश्चिमी भागमा स्थानीयद्वारा लगाइएको सिसौ वनमा रहेको सुकेको काठलाई जिल्ला वन कार्यालय सिरहाले लास जलाउनको लागि काट्न रोक लागाएपछि स्थानियले विगत लामो समयदेखि सास्ती खेप्नु परेको छ ।

photo 2021 09 19 09 06 12

स्थानिय सरकारले लास जलाउने उचित व्यवस्थापन नगरिदिँदा आफूहरुले सास्ती खेप्नु परेको स्थानीयको गुनासो रहेकाे पाइन्छ । वडा अध्यक्ष राजु श्रेष्ठको यसप्रतिको उदासीनताले गरीब, विपन्न लगायतले लास घाटसम्म लानको लागि मलामीसँगै जलाउने साधन दाउरा, गुइँठा, मुढा लगायतका सामाग्री भेला पार्नुपर्ने बाध्यताका साथ अाम मानिसले भोगेको दुख्प्रती सम्बन्धित निकाय मौन बसेको छ ।

जबकि स्थानिय वनमा ढलेको अवस्थाका रुख बिरुवाहरू मक्किने क्रम जारी रहेको छ भने लास जलाउन घरबाट साधनमर्फत सामाग्री लिएर जानुपर्दा स्थानीय चिन्तित बनेका छन् ।

photo 2021 09 19 09 06 13

कमेन्टहरु