देश

मनोविश्लेषकको सुझाव : कोरोना लागे आत्तिनु हुँदैन

जगत ठाडा मगर
२०७७ कार्तिक २३ | बिहान ०८:०७ बजे

काठमाडौं । गत आइतबार नोबेल कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएकै दिन बुद्धनगर बस्दै आएका ५३ वर्षीय पुरुषको मृत्यु भयो । कास्की स्थायी घर भएका उनी रिपोर्ट आएलगत्तै अचेत भएका थिए । बिहान कोरोना लागेको थाहा पाएका उनको दिउँसो १ बजेतिर मृत्यु भएको हो ।

त्यसअघि २६ असोजमा काठमाडौंका ६६ वर्षीय पुरुषको मृत्यु भयो । अघिल्लो दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वाब दिएर फर्केका उनी भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि एकाएक ढल्न पुगे ।

त्यसपछि कुपण्डोलस्थित सर्वाङ्ग अस्पताल पुर्‍याइएका उनलाई त्यहाँका चिकित्सकले पाटन अस्पताल रिफर गरे । पाटनका चिकित्सिकले साढे एक बजेतिर मृत घोषित गरे ।

मनोचिकित्सकहरू माथिका दुवै घटनामा मानसिक कारण जोडिएको हुनसक्ने बताउँछन् । ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि केही व्यक्तिमा मानसिक आघात पर्नसक्छ,’ मनोविश्लेषक वासु आचार्य भन्छन्, ‘सधैं सबैले चर्चा गरिरहेको भाइरस आफ्नो शरीरमा देखियो भन्दा कसैलाई असह्य हुनसक्छ ।’

कमेन्टहरु