देश

नेकपा एमालेमा विद्रोह नभई पहिरो जाने : रामकुमारी झाँक्री

जगत ठाडा मगर
२०७८ अशोज ३ | बिहान ०८:०६ बजे

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा संघ र प्रदेशको निर्वाचनको प्रक्रिया सुरु भएपछि सामान्य विद्रोह नभई पहिरो जाने दाबी गरेकी छन् ।

शनिबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केपी शर्मा ओली सच्चिने कुनै सम्भावना नरहेको टिप्पणी गरेकी हुन् । नेता झाँक्रीले एमालेलाई ओली कम्पनीको संज्ञा दिँदै अबको सात महिनासम्म सुस्त गतिमा एमाले भत्किने दाबी गरिन् ।

दुई–दुईपटक संसद् विघटन गर्ने जस्तो गैर जिम्मेवार, असंवैधानिक र अपराध गर्ने काम ओलीले गरेको आरोप नेता झाँक्रीले लगाइन् । उनले संविधानको रक्षा तथा लोकतन्त्रलाई प्रवर्द्धन गर्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति आफूहरूले विद्रोह गरेको उनको भनाई छ ।

उनले प्रश्न गर्दै भनिन्, ‘यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन भने हाम्रो बाटो किन छेकिराख्नुभएको छ ?’

कमेन्टहरु