देश

हिरासतमै आत्मासमर्पण गरेकोकण्डमा विप्लव समुहद्वारा नुवाकोटमा कार्यकर्तामाथि कारबाही

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०८:०६ बजे

काठमाडौं । कार्यकर्ता पक्राउ पछि हिरासतमा रहँदा पार्टी परिवर्तन गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक जना नेतालाई कारबाही गरेको छ ।

कारबाही पर्नेमा विप्लव नेकपाका शिक्षक नेता रहेका छन् । नुवाकोटको बेलकोटगढी घर भएका शिक्षक नेता केशव प्रसाद बास्कोटालाई विप्लव समुहले पार्टी हित विपरित माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै कराबाही गरेको हो ।

उनी विप्लव समुह छोडेर नेकपा माओवादी केन्द्रको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको सदस्य बनेको विप्लव समुहको अरोप छ ।उनलाई कारबाही गर्ने पत्रमा ईन्चार्ज बताउने विन्दु र सेक्रेटरीब बताउने सृजनले हस्ताक्षर गरेका छन् ।

कमेन्टहरु