देश

अनेरास्ववियू क्रान्तिकारी पर्साको समिति घोषणामा विवाद

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०८:०६ बजे

वीरगंज २ असोज । नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी पर्साको जिल्ला समिति चयनमा विवाद देखिएको छ । समिति चयनको केही समय नवित्दै जिल्लाा अध्यक्षका दाबेदार रहेको संंदिप बिक्रम साह लगायत २७ जना जिल्ला सदस्यले विमती जनाएका छन् ।

उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियु पर्साको ६ औं अबिधेशनबाट जिल्ला अध्यक्ष बाहेकको अन्य पदाधिकारीहरु सर्वसहमतले चयन भएपनि अध्यक्षमा सहमती जुटन नसकेको जनाएका हुन् ।

अध्यक्ष चयनको लागि अधिवेशनले पार्टीका जिल्ला अध्यक्ष विजय महतो र प्रदेश सदस्य रामदरश कुशवाहालाई जिम्मेवारी दिए पनि उँहाहरु थाहा नदिई केही व्यक्तिहरुले अध्यक्ष सहितको समिति घोषणा गरेकोमा हाम्रो आपती रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सहमतीबाट चयन हुन नसकेको अध्यक्ष निर्वाचनबाट चयन गर्नु पर्ने अध्यक्षका दाबेदार रहेका संदिप बिक्रम साहले वताए ।

उनीसहित जिल्ला उपाध्यक्ष बब्लु कुशवाहा, सह सचिव लहावर राम, कोषाध्यक्ष सुष्मा चौरसिया, सदस्यहरु रबिन्द्र रौनिया, संजय साह, चन्दन सिंह, प्रियांका यादव, पुजा चौधरी, प्रेम यादव, तुल्सी साह, निसा नेपाली लगायतकाले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

photo 2021 09 18 20 35 40

photo 2021 09 18 20 35 42 rotated

 

कमेन्टहरु