देश

पश्चिम नवलपरासीमा दुई महिना भित्र २ कराेड बराबरकाे अबैध सामाग्री नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०७:०६ बजे

सुरेश यादव
नवलपरासी/असाेज २ । पश्चिम नवलपरासीको नेपाल भारत सीमा नाकाबाट अवैध रुपमा भित्र्याइएका दुई करोड बराबरको सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमा नाका बन्द हुँदा पनि अवैध कारोबारमा संलग्‍न भएर भन्सार छली गरेर ल्याइएका २ करोड ४९ लाख बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पछिल्लो दुई महिनाको अवधिमा बरामद गरेको हो ।

भन्सार छलेर ल्याइएका सबै सामग्री महेशपुर मूल भन्सारलाई बुझाइएको डीएसपी राजु लामाले बताउनुभयाे । प्रहरीले भन्सार छलेर ल्याइएका हरियो केराउ, किरानाका सामान, निमार्ण सामग्री, लत्ता कपडा, इलेक्ट्रोनिक सामान र सवारी साधनका पाटपुर्जा बरामद गरेको हो । हरियो केराउ मात्रै प्रहरीले १ करोड ५० लाखभन्दा बढी भएको प्रहरीले जनाएको छ ।

सीमा नाका बन्द भएपनि लुकिछिपी सामान आयत हुने गरेको गुनासो आएपछि प्रहरीले नाकामा निगरानी बढाएको छ ।

कमेन्टहरु