असोज ४ या ५ सम्म सरकार विस्तार हुन्छ : प्रचण्ड

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०७:०६ बजे

जनकपुरधाम । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले तीन दिनभित्रै सरकार विस्तार हुने बताएका छन् ।
प्रचण्डले शनिबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा असोज ४ या ५ गतेभित्र सरकार विस्तार हुने बताएका हुन् । प्रदेशका नेता÷कार्यकर्तालाई प्रशिक्षण दिएर जनकपुरबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको बताए ।
आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको उनको भनाई छ। एमसीसीले गठबन्धनमा कुनै असर नपार्ने पनि प्रचण्डले बताए । संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा गर्दै उनले यो गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए ।
एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने प्रचण्डले बताए ।






















