देश

बागमती प्रदेश सरकारका मुख्य मन्त्री शाक्यले एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०६:०६ बजे

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा नै आफूले विश्वासको मत प्राप्त गर्ने बताएकी छिन्।

महोत्तरीको बर्दिवासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको दोहोर्‍याइन्। बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको शाक्यले बताइन्।

एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमतसिद्ध गर्ने उनको भनाइ थियो । नेता नेपालले नेकपा (एमाले)लाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको शाक्यले बताइन्।

एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिइन् ।

कमेन्टहरु