देश

सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना होटेलबाट पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०४:०६ बजे

बिरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले प्रतिबन्धित रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । शुक्रबार राती ९ बजे वीरेन्द्रनगरको मानसरोवर होटेलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रास्कोट नगरपालिका–८, कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाध गाउँपालिका–६, दैलेखका ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१०, दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले जनाकारी दिए।

पक्राउ परेका चारै जनालाई विस्तृत अनुसन्धान र आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइने निरीक्षक शाहीले बताए । उनीहरूलाई शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।

कमेन्टहरु