देश

विश्वमा ब्राजिल पछिको दोस्रो जलश्रोतको धनी देश नेपाल

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०३:०६ बजे

रघुविर सिंह ठगुन्ना
दार्चुला । विश्वमा ब्राजिल पछिको दोस्रो जलश्रोतको धनी देश नेपालमा हजारौं नदि, गाड गङ्गाहरु रहेका छन । त्यसैले नेपाल सरकारको स्थानीय झोलुङ्गे पुल निर्माण आयोजना (TBSU) अन्तर्गत देश भरी झोलुङ्गे पुल निर्माण गर्ने आयोजनामा सहयोग गर्नका लागि स्वीस सरकारले सन १९८९ देखि निरन्तर रुपमा सहयोग गर्दै आइरहेको छ ।

photo 2021 09 18 15 14 07

आज सम्म नेपालमा पन्ध्र हजार भन्दा बढीको संख्यामा झोलुङ्गे बनिसकेका छन । यस अवधिमा दार्चुला जिल्लामा मात्र १३५ भन्दा बढी झोलुङ्गे, ट्रस, र RCC पुलहरु बनिसकेका छन तर दार्चुला जिल्ला तत्कालीन ब्यास गाबिस (जहाँ कालापानी, लिपुलेक, कुटी, गुन्जी र नाभि गाउलाइ लिएर भारत र चाइना सङ्ग सिमा बिवाद रहेको छ) हालको ब्यास गापा वडा नम्बर १ छाङरुर टिङकरमा अहिलेसम्म एउटा पनि झोलुङ्गे पुल बन्न सकेको थिएन ।

स्थानीय जनताका लागि अति जरुरी हुनुका साथै सामरिक महत्वका कारण पनि उक्त स्थानमा पुल बन्नु जरुरी थियो । उक्त वार्डमा अहिलेसम्म पुल नबन्नुको प्रमुख कारण पुल निर्माण सामाग्री ढुवानी गर्न र त्यहाँ सम्म पुग्ने पैदल बाटो सम्म आफ्नो देशबाट नहुनु थियो । २०७४ मा स्थानीय सरकारको चुनाव भैसकेपछि २०७५ मा उक्त ब्यास गापाका अध्यक्ष दिलिप सिंह थियाल ज्यु र वडा अध्यक्ष अशोक सिंह बोहरा ज्युको प्रयासमा त्यहा एउटा झोलुङ्गे पुल बनाउन यश समाज कल्याण समाज दार्चुलाको TBSU टिम छिमेकी देश भारतकाे बाटाे भएर छाङरु गागा गएर टिङ्कर र नम्भा गाड मिसिएपछी बनेको गागा नदिमा पहिलो पटक २०७५ चैत्रमा एउटा गागा झोपु 89 मिटर लम्बाई १३ मिटर उचाइ र १.६ मिटर चौडाइको डिटेल सर्वे डिजाइन गर्ने कार्य गरियो ।

photo 2021 09 18 15 14 06

त्यसपछि लगत्तै २०७६ जेठमा संघको बजेट कार्यक्रममा परेपछि निर्माण कार्य सुरु भयो । उपभोक्ता समितीबाट निर्माण गरिने उक्त पुलको उपभोक्ता समिती गठन गर्दा बिवाद आयो उक्त बिवाद स्थानीय स्थरमा समाधान हुन नसकिएपछि उच्च न्यायालय कंचनपुर सम्म पुग्यो । स्वीस सरकार को सहयोगी नियोग Helvatas नेपाल र दार्चुला जिल्ला का ४१ वटै स्थानीय सरकार निकाएको २०६२ साल देखि social technical सहयाेगी भई सेवा गर्दै आइरहेको यश समाजले १५ बर्ष पछि दात्री संस्था TBSU/HELVATAS र SWS Darchula काे तर्फ बाट ३ पटक उच्च न्यायालय कंचनपुरमा तारिक बोक्न जानुपर्ने अवस्था आयो ।

उजुरी पर्ना साथ उक्त स्थानमा झोपु निर्माण कार्य अर्को आदेश नआएसम्म रोक्ने अर्थात अगाडि नबढाउने आदेश दिएको उच्च न्यायालयले तेस्रो पेसीमा उक्त पुल निर्माण कार्य अगाडि बढाउने आदेश दिएपछी निर्माण कार्य पुन सुरु त गरियो । समिति गठनमा बिवाद हुनुको मुख्य कारण वडा र गापामा फरक फरक पार्टीका प्रतिनिधि रहेको थियो । बाटोले नजोडेको कारण निर्माण सामाग्री पुर्याउन धेरै कठिनाइ आएपछि प्राइभेट कम्पनीको सानो हेलिकप्टर १२ ट्रीप चार्टर गरेर निर्माण स्थलमा निर्माण सामाग्री त पुगाइयो फेरि अर्को समस्या आइपर्यो २०७५ मा पुल बनाउन सर्वे गरेको नदिको दायाँ ब्लक बनाउने साइड ससस्त्र प्रहरीको क्याम्प भित्र परेछ ।

पुलका लट्टा पुर्व DPR अनुसार नेपालगन्ज मै काटेर लगेको थियो त्यति नै दुरीमा नजिकै अर्को साइड खोज्नु पर्ने भो बल्ल तल्ल नया साइड खोजेर construction को काम सुरु गरियो चैत्र देखि असौज सम्म मात्र काम गर्न सकिने बाकी महिना हिउले ढाक्ने उक्त स्थानमा यश बर्ष अर्थात २०७८ को भाद्र महिनामा उक्त गागा झोपु निर्माण कार्य सम्पन्न भएको छ । करिव रु ८९,९०,०००:०० लागत रहेको उक्त पुलको सुरुमा डिटेल सर्वे कार्य SWS Darchula का chairman RBS Thagunnaa को नेतृत्वमा TBSU/Helvatas नेपालका प्राबिधिक अधिकृत भक्त बहादुर बिष्ट र SWS/TBSU का सव ओसि हरिस ठगुन्नाको टोलिले गरेको थियो भने पछि construction को सम्पुर्ण कार्य SWS Darchula का प्राबिधिक अधिकृत नवीन ठगुन्ना र ब्यास गापाका झोपु कार्यक्रम हेर्ने Focal person योगेस ऐतवलले सघाएका थिए ।

कमेन्टहरु