महोत्तरीमा नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०३:०६ बजे

महोत्तरी । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको छ ।
गएराती ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि शनिबार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । उनिहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।






















