चितवनका पत्रकारलाई पत्रकार महासंघ शाखा नवलपरासीले भब्य स्वागत


कावासोती । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा चितवनका पत्रकारलाई जिल्ला शाखा नवलपरासी बर्दघाट–सुस्तापूर्व र बर्दघाट–सुस्तापश्चिममा स्वागत भब्य गरिएको छ ।
नवलपरासी पूर्वका शाखा अध्यक्ष वीरेन्द्र पराजुलीसहितको टोलीले चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको नेतृत्वमा आएको पत्रकारको टोलीलाई जिल्लामा स्वागत गरेको हो ।
स्वागतका क्रममा चितवनका अध्यक्ष अधिकारीले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बन्ने भनेर कुरा भइरहेको उल्लेख गर्दै त्यसका लागि नवलपुर शाखालाई सहयोग गर्न आग्रह गर्नुभयो । आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा बन्ने कुरा भइरहेको छ । चितवन तथा नवलपरासीका लागि खुसीको कुरा हो । अध्यक्ष अधिकारीले भन्नुभयो ।
यसका लागि नवलपरासी पूर्वको जिल्ला शाखाको समेत साथ र सहयोग आवश्यक छ । तपाईंहरुको सहयोग भएको खण्डमा चितवनमा प्रतिष्ठान निर्माण हुनसक्छ । सबै जिल्लाबाट चितवन सहज पर्ने भएकाले बन्ने भनिएको प्रतिष्ठान निर्माणका लागि अधिकारीले सहयोग गर्न आग्रह गर्नुभएको हो । रासस






















