देश

विराटनगरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज २ | बिहान ०९:०६ बजे

विराटनगर । मोटरसाइकलको ठक्करबाट विराटनगरमा शुक्रबार राती एक जना पैदल यात्रीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ स्थित बि एफएम छेउमा प्रदेश १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले साँझ ६ बजेतिर ठक्कर दिँदा विराटनगर–११ का ६० वर्षीय रामलखन साहको मृत्यु भएको मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा राती १२:३० बजेतिर मृत्यु भएको उनले बताए।

उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका साहको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। डीएसपी श्रेष्ठले दुर्घटनापछि फरार बनेका मोटरसाइकल चालक विराटनगर–६ का अन्दाजी ३० वर्षीय ओमप्रकाश कामतको खोजी तीव्र पारिएको बताए ।

कमेन्टहरु