देश

बर्दियामा जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परि ३ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ अशोज २ | बिहान ०७:०६ बजे

बर्दिया । जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियाको ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बदेल धपाउन राखेको विद्युतीय पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।

पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। उनी मृतक थारुका छिमेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।

कमेन्टहरु