रामग्रामकाे सन्तपुर बैरिहवामा बाबा बिश्वकर्माकाे मुर्ति स्थापना तथा मन्दिर समुद्घाटन


सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीमा पहिलाे बिश्वकर्मा बाबाकाे मुर्ति तथा मन्दिर रामग्राम नगरपालिका वडा नं ४,९ बैरिहवा, सन्तपुरमा बिश्वकर्मा पुजाकाे अवसरमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल बढई समाज नवलपरासीको अगुवाइमा मन्दिर स्थापना गरेको हो ।

साथै मन्दिरको शिलान्यास २०७५ असाेज १ गते गरिएकाे थियाे भने ३ वर्ष पछि मन्दिरको निर्माणकार्य सम्पन्न भई उक्त मन्दिरको उद्घाटन गरिएकाे हाे ।
रामग्राम नगरपालिकाे १००००००/- दस लाख तथा स्थानीयकाे सहयोगमा मुर्ति तथा जिल्लामै पहिलो बाबा बिश्वकर्माकाे मन्दिर स्थापना भएकाे छ ।

नेपाल बढई समाज नवलपरासीका अध्यक्ष जगदिश प्रसाद शर्माकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता एवम् पुर्व रक्षा राज्य मन्त्री रामवचन यादव, पुर्व शिक्षा राज्य मन्त्री गाेविन्द चाैधरीकाे विशिष्ट आतिथ्यतामा मुर्ति स्थापना तथा मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न हाे ।

कार्यक्रममा रामग्राम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादव, नेपाल बढई समाजका केन्द्रीय सदस्य रामधनी बढई, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, जिल्ला सदस्य गाैरीशंकर जयसवाल, पत्रकार सुरेश यादव तथा नेपाल बढई समाज कपिलवस्तु जिल्ला अध्यक्ष प्रभु शर्मा लगायतकाे उपस्थिति रहेकाे नेपाल बढई समाज नवलपरासीका पुर्व सचिव सञ्जय शर्माले जानकारी दिनुभएकाे हाे ।























