सम्झना थापा मगरका मुक्तकहरु :


१. तिमिले दिएका चोट सम्झी रुन मन लाग्छ
यी आशुँले हरेक दिन मुख धुन मन लाग्छ
खाएका ती बाँचा कसम तोडेर गएता पनि
किन किन तिम्रो तस्वीरहरु छुन मन लाग्छ
२. जसोतसो जीवन धानेकिछु अर्मपर्म गरी
कसैले पनि सहयोग गरेन हजुर धर्म गरी
दुखियालाई त सधैं दु:ख गर्न लेख्दो रहेछ
अहिलेसम्म रमाएकिछु आफैले कर्म गरी
३. कुरा गर्न रहर अब त मरिसके जस्तो लाग्यो
भए भरका कुराहरु गरिसके जस्तो लाग्यो
२/४ दिन सम्म २४ सै घण्टा बोलिरहन्थ्यौ नि
साँच्ची नै तिम्रो मन भरिसके जस्तो लाग्यो
४. अरुको नजरमा किन झुक्नु पर्या छ र
गरिब भए भन्दैमा किन थुक्नु पर्या छ र
आखिर मरेर त जानू नै छ नि सबै जना
तछाड मछाड गर्दै किन पुग्नु पर्या छ र
५. जिउन मन लाग्दैन किन होला
मनमा रहर जाग्दैन किन होला
गरीबीले पनि रुवाउनु रुवायो
दु:ख कत्ती भाग्दैन किन होला
सम्झना थापा मगर
पु.ब.न.पा – ७ साधीँखोला स्याङ्जा






















